रौतहट-२ मा पनि स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका छन्।
नेपाली कांग्रेसका मों फिरदोस आलमलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार किरण कुमार साहले अग्रता लिएका हुन्।
साहले १३ हजार ७ सय ८० मत ल्याउँदा आलमले १२ हजार २ सय ४८ मत ल्याएका छन्।
जसपाका शैलेन्द्र साहले १३१४ मत पाएका छन्।