सुनसरीको क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता कायम राख्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली दोस्रोमा कायम छन्।
पछिल्लो मत परिणाम अनुसार एमालेकी चौधरीले ३६८८ मत प्राप्त गर्दा घन्टी चुनाव चिन्हका कमलबाबु मैनालीले ३२०४ मत ल्याएर चौधरीलाई पछ्याइरहेका छन्।
सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार २११० मतसहित तेस्रोमा छन्।
यहाँ मतगणना जारी छ।