अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्प साह विजयी भएका छन्।
बुधबार सम्पन्न भएको मतगणनामा उनले २३०५४ मतसहित जितेका हुन्।
उनले नेकपा एमालेका यज्ञ बोगटीलाई ७ हजार २० मत बढीले पछि पारे। बोगटीले भने १६०३४ मत प्राप्त गरे। बोगटी २०७४ सालमा निर्वाचित भएका थिए।
यस्तै, अछामा क्षेत्र नम्बर १ मा पनि एमालेका झपट बोहरालाई हराउँदै एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।
जिल्लाका दुवै सिटमा हार पछिको नतिजाले कतिपयले एमाले नेता भिम रावललाई टिकट नदिएपछि यस्तो हुनपुगेको प्रतिक्रिया दिएका छन्।