रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार ५ सय १४ मत पाएका छन्।
यस्तै, उनका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल छन्। अहिले उनको मत ९ हजार ८६२ छ।
उनीहरूबीच ६५२ मतको अन्तर छ।
अहिलेसम्म ३० हजार ८ सय २४ मत गणना भइसकेको छ।