बलात्कारको मुद्दामा २० वर्ष जेल सजाय पाएका बाबा राम रहीमलाई उनको फ्यान्ले एमएसजीको नामले चिन्छन्। गुरमीत राम रहीम धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुख हुन्। राम रहीमको झुकाव धार्मिक संगठनपछि फिल्ममा रहेको थियो।
उनी अभिनेता मात्र नभई पुरै फिल्म उद्योगलाई एक्लै ठक्कर दिने व्यक्ति थिए। उनको कामले उनलाई 'वन म्यान आर्मी' भन्ने गरिन्थ्यो। उनले अहिलेसम्म ५ वटा फिल्म निर्देशन गरेका छन् जसमा उनी आफै अभिनेता हुन्। उनको पाँच वटै फिल्मले राम्रो व्यपार गरेको थियो।
'एमएसजीस् द मैसेंजर', 'एमएसजी २ द मैसेंजर', 'एमएसजीस् द वॉरियर लायन हार्ट', 'हिंद का नापाक को जवाब- एमएसजी लायन हार्ट २, 'जट्टू इंजीनियर' आदि उनको फिल्म हुन्।
उनको पहिलो फिल्म ड्रग्स र रक्सीको नशाको मुद्दामा बनेको थियो। यस फिल्ममा उनले अभिनय र निर्देशन मात्र होइन उनले शव्द चयन, संगीत, स्क्रीप्ट लेखन तथा सम्पादनको काम गरेका थिए।
उनले सन् २०१६ मा भएको उरी हमलामा पनि फिल्म बनाएका थिए। उक्त फिल्मको नाम 'हिंद का नापाक को जवाब - एमएसजी लॉयन हार्ट- २' थियो। यस फिल्ममा उनले पुरै ४३ विभाग सम्हालेका थिए। यसको लागि उनले एशिया बुक अफ रिर्कडमा नाम पनि दर्ता गराएका थिए।
हालै उनको आएको फिल्म 'जट्टू इंजीनियर' को शुटिङ केबल १५ दिनमा सकिएको थियो। उनले यस फिल्ममा पनि कयौंको काम एक्लैले गरेका थिए। उनको फिल्म उद्योगमा देखिएको लगाव र कामले उनलाई सबैले 'वन म्यान आर्मी' भन्ने गर्थे।