बलिउड अभिनेता अनुपम खेरले एउटा पारिवारिक भिडिओ सार्वजनिक गरेका छन्। भिडिओमा उनकी आमा दुलारीले अनुपमलाई ‘गन्जु पटेल’ को नामबाट बोलाउने गरेको खुलासा भएको छ।
भिडिओमा अनुपम खेरले आफ्नी आमासँग आफूलाई किन गन्जु (तक्लु) पटेलको नामले बोलाएको भनेर प्रश्न गर्छन्। जवाफमा आमाले भनिन्,‘तँ गन्जु पटेल नै हो। थाहा छैन, २-४ वटा कपाल कसरी आयो?’
यसपछि अनुपमले फेरि सोध्छन्, ‘तपाईँका सबै दाजुभाइ तक्लु थिए?’
आमाले जवाफ दिन्छन्, ‘उनीहरू ठूलो भएपछि तक्लु भए। तर तँ जन्मदै तक्लु थिइस्। आज पनि उस्तै छस्।’
फेरि आमाले अगाडि भन्छिन्, ‘भगवानसँग झगडा गर्न सकिन्नँ, उहाँले हामीलाई जे दिनुहुन्छ त्यसैमा खुसी हुनुपर्छ। उहाँले हाम्रो लागि जे गर्नुहुन्छ, आखिर राम्रै गर्नुहुन्छ।’
अनुपम खेरले यो भिडिओलाई आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै भनेका छन्, ‘मेरी आमा मलाई लगातार तक्लु (गन्जे) भनेर बोलाउनुहुन्थ्यो। आज मैले यसको कारण सोधेरै छोडेँ। उहाँले भन्नुभयो कि, म बिना कपाल जन्मिएको थिएँ रे। यो सँगै उहाँले मेरो बालापनको केही किस्सा पनि सेयर गर्नुभयो।’
पछिल्लो समय अनुपम खेर उचाईको सुटिङमा व्यस्त छन्। फिल्म सुटिङका लागि अनुपमले नेपालमा १ महिनाभन्दा बढी समय बिताएका थिए।