अभिनेता सलमान खान लजालु र नजिकका साथीहरुसँग मात्र बस्न रुचाउने स्वभावका छन्। कहिलेकाहीँ भने उनी मिडियामा अप्रत्याशित रुपमा प्रस्तुत हुन्छन् र सबैलाई चकित पार्छन्।
सलमानको त्यस्तै अप्रत्याशित प्रस्तुति सुन्ने व्यक्तिमध्ये थिए निर्देशक करण जोहर। ‘कफि विथ करण’ कार्यक्रममा उपस्थित भएको बेला सलमानले अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफबीचको प्रेमसम्बन्धका कुरा निकालेर रिस पोखेका थिए।
रणवीरसँग सम्बन्धमा रहनुअघि कट्रिना सलमानसँग प्रेममा थिइन्। उनीहरु लगभग सात वर्ष प्रेमसम्बन्धमा रहे। यो चर्चित जोडीको सन् २०१० मा ब्रेकअप भएको थियो। सलमानसँग ब्रेकअप भएको केही समयपछि कट्रिना रणवीरसँग नजिक भइन्। उनले आफैँले रणवीरसँग प्रेममा रहेको बताएकी थिइन्। तर उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन।
रणवीर र कट्रिनाको ‘जग्गा जासुस’ फिल्मको सुटिङक्रममा ब्रेकअप भएको थियो। रणवीर र कट्रिना सम्बन्धमा रहेको बेला सलमान ‘कफी विथ करण’ कार्यक्रममा उपस्थित भएका थिए। कट्रिना रनवीरसँग सम्बन्धमा भएको कुराले उनी निकै रिसाएको देखिन्थे। उनले आफ्नो यो रिस कार्यक्रमको र्यापिड फाइर राउन्डमा पोखेका थिए।
र्यापिड फाइर राउन्डमा करणले सलमानलाई भविष्यमा बलिउडको कुन निर्देशकसँग काम गर्न मन छ भन्ने प्रश्न सोधेका थिए। करणले केही निर्देशकको नाम लिनुभन्दा अगाडि नै सलमानले राजकुमार हिरानी, रोहित सेट्टी र अन्यमध्ये करणलाई रोजेका थिए। उनले करणलाई व्यंग्य गर्दै भनेका थिए, ‘मलाई ती निर्देशकसँग काम गर्न मन छ तर तिनलाई मसँग काम गर्न मन छैन।’
करणले आफ्नो नयाँ फिल्ममा रणवीर कपुरलाई लिएको कुरा पनि थाहा पाएका सलमानले भनेका थिए। यसमा रणवीर र कट्रिनाको सम्बन्धलाई जोड्दै उनले भनेका थिए, ‘रणवीर सबै आफूसँग लगिरहेका छन्। यो ठिक हाेइन।’