दक्षिण भारतीय सुपरस्टार रजनीकान्त 'म्यान भर्सेस वाइल्ड'मा जाने देखिने कुराले निकै चर्चा पाएको थियो। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि यस कार्यक्रममा गइसकेका छन्।
यसले पनि रजनीकान्त देखिने कुराले निकै चर्चा पायो। सुटिङ क्रममा उनी घाइते भएको खबर पनि आएको थियो। तर पछि 'म्यान भर्सेस वाइल्ड'का प्रस्तोता बियर ग्रिल्सले यसमा सफाइ दिएका थिए।
अहिले आएर अब रजनीकान्तको आलोचना पनि सुरू भएको छ। टाइम्स अफ इन्डियाका अनुसार रजनीकान्तलाई केहीले पक्राउ गर्नुपर्ने माग समेत राखेका छन्।
रजनीकान्त र प्रस्तोता बियर ग्रिल्सले कार्यक्रमको सुटिङ बान्दिपुर टाइगर रिजर्भ पार्कमा पनि गरेका थिए। संरक्षण क्षेत्रमा सुटिङ गरेको र त्यहाँ भएका जनावरप्रति चिन्ता व्यक्त गर्दै रजनीकान्त विरूद्ध आन्दोलन सुरू भएको टाइम्स अफ इन्डियाले लेखेको छ।
सुटिङमा हुने मान्छेहरूका कारण जनावरमा खतरा हुने, सुख्खा मौसम भएकाले मान्छेका गतिविधिका कारण जंगलमा आगो लाग्न सक्ने लगायत चासो व्यक्त गर्दै अभियन्ताहरूले रजनीकान्तको विरोध गरेका हुन्।
अभियन्ताहरूले समस्या भइहालेमा समाधान गर्न धेरै मुश्किल हुने बताएका छन्। यसको साटो बरू वर्खायाममा सुटिङ गर्न सकिने उनीहरूको भनाइ छ।