बुधबार नम्रता श्रेष्ठ अभिनित एक्सन सिनेमा 'जाइरा'को ट्रेलर रिलिज भयो। सार्वजनिक ट्रेलरमा नम्रतालाई मिक्स मार्शल आर्टको एक्सन गर्दै गरेको देखाइएको छ।
सिनेमाको लागि उनले लुक परिवर्तन गर्नेदेखि एक्सनका लागि सक्दो मेहेनत गरेकी छन्। नम्रता यसरी पूर्ण एक्सन भूमिकामा पहिलो पटक सिनेमाको पर्दामा देखिदैंछिन्।
दर्शकले उनको यो फेरिएको रूपलाई कसरी लिने हुन, सिनेमाको रिलिजपछि थाहा हुने नै छ।
'जाइरा'लाई डेब्यू निर्देशक आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्।
सिनेमामा नम्रता अभिनत्रीसँगै निर्मात्री पनि हुन्।
अभिनेत्रीसँगै निर्मात्री पनि बन्नुले सिनेमाप्रति नम्रतालाई ठूलै भर रहेको देखाउँछ।
तर सुत्रका अनुसार सिनेमाका लागि नम्रता पहिलो रोजाइकी अभिनेत्री थिइनन्।
निर्माणपक्ष र निर्देशकको पहिलो रोजाइमा साम्राज्ञी राज्यलक्ष्मी शाह थिइन्।
साम्राज्ञीले सिनेमाको कथा पनि मनपराएकी थिइन। कथा मनपराएको मात्रै होइन, निर्देशक सोचबाट उनी डराएकी पनि थिइन्। तर यति हुँदाहुँदै उनी सिनेमामा भइनन्। किन भइनन्, त्यो खोजको विषय हुने नै छ। अब सिनेमाले राम्रो गरेमा, सिनेमा किन गरिन भन्नेचाँहि उनलाई पक्कै हुनेछ।
यसको लागि समयलाई छोडीदिउँ। त्यसो त साम्राज्ञी पनि एउटा फरक भूमिकामा 'मारूनी' सिनेमाबाट दर्शमाझ आउँदैछिन्। सिनेमामा उनको केटाबाट केटी बनेको 'ट्रान्सजेन्डर' भूमिका छ। सो सिनेमा भदौ १६ मा रिलिज हुनेछ।
त्यस्तै 'जाइरा' भने भदौ ६ गते सिनेमा रिलिज हुनेछ।
सिनेमामा नम्रताका अलावा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सन्ध्या रेग्मी आदिको मूख्य भूमिका रहेको छ।