शुक्रबारबाट 'न यता न उता' सिनेमा रिलिज भएको छ। 'जात्रै जात्रा'को रिलिज यता कुनै पनि नेपाली सिनेमाले दर्शक तान्न सकेका छैनन्।
यस्तोमा 'न यता न उता'ले दर्शकलाई तान्न सक्छ या सक्दैन, चासो यसैमा छ।
कमेडी जनरामा निर्माण भएको यस सिनेमाले विवाह नभएका र विदेश बस्ने दुई अधवैंशे साथीहरूको कथा पेस गर्छ। पछिल्लो समय नेपाली वक्सअफिसमा हास्य सिनेमाले सुखद व्यापार गरेको भए पनि यो ट्रेन्ड पछ्याएका सबै सिनेमा सफल भएका छैनन्। यस्तोमा 'न यता न उता'लाई क्रमभंग गर्नुपर्ने चुनौती छ।
सिनेमाको प्रचारप्रसार पनि उस्तो नभएकाले सिनेमाले वर्ड अफ माउथको भर पर्नुपर्नेछ।
सिनेमाका दुई मूख्य अभिनेता नयाँ भएकाले दर्शक कति आउलान, त्यो सोचनिय छ। सिनेमाको ट्रेलर र गीत संगीतले खासै चर्चा कमाउन नसकेकाले सिनेमाको सुरूवाती व्यापार सुखद हुने अवस्था छैन्।
सिनेमामा सुन्दर दिक्षित, मिराज रोस, ऋचा शर्मा, छुल्ठिम गुरूङ, बुद्दि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई तथा लुनिभा तुलाधरको अभिनय रहेको छ।
कलाकारहरूको यो भिडले दर्शकलाई त राम्रैगरी आकर्षित गर्नुपर्ने भएपनि सिने बजार यो नामले तातेको छैन्। यस्तो एउटै प्रश्न उठ्छ, के कलाकारको यो जम्बो भीडले दर्शकको भिड तान्ला?