अभिनेत्री करिष्मा मानन्धरले राजनीतिक विश्लेषक सुरेन्द्र केसीलाई आफ्ना श्रीमान बिनोद मानन्धरले 'म करिष्मा मान्नधरको श्रीमान विनोद मानन्धर भन्दा कसरी मेरो श्रीमान विनोदको इज्जद घट्यो?' भनेर प्रश्न गरेकी छन्।
आफ्नो फेसबुकमा मंगलवार एक स्टाटस लेख्दै उनले सो प्रश्न गरेकी हुन्। उनले डा. केसी जस्तो विद्वान मानिसबाट त्यस्तो अभिव्यक्ति आउनु आफ्नो अन्दाज भन्दा परको कुरा भएको उल्लेख गरेकी छन्।
'यदि करिश्मा के.सीले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोदजीले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?', करिष्माको प्रश्न छ।
त्यसैगरी स्टाटसमा करिष्माले आफ्ना पति बिनोद डा. केसी भन्दा कुनै कुरामा कम नभएको उल्लेख गर्दै आफू राजा जस्तो भएर हिँड्न खोज्ने मानिसले आफ्नी श्रीमतीलाई रानी जस्तो व्यवहार गर्ने बताइन्।
'बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहिने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न', करिष्माले लेखेकी छिन्।
करिष्माले लेखेको फेसबुक स्टाटसको संपादित अंशः
डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाँही के बोल्नु हुन्छ के !!! त्यो उहाँ बोलाइको आधारमा उहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !!
हालै एउटा अन्तरवार्तामा उहाँले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तीहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाई निम्न स्तरमा पारेका छन् र उदाहरण दिदां मेरो श्रीमान बिनोदजीको नाम लिनुभएको रहेछ ।
पोखरामा बिनोदजीले उहाँलाई देखेपछि आफै गएर भेट्नु भयो रे! अनि म करिश्माको श्रीमान भन्नूभयो रे! त्यसबाट बिनोदजीले आफ्नो इज्जत घटाउनु भयो रे !! उहाँले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे? यस्ता त छन अनि के इज्जत हुनु रे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति )। यदी करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्नसक्छ भने बिनोदजीले म करिश्मा मानन्धरको श्रीमान् भन्दा के बेइज्जत भयो ?
उहाँजस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन ।
जबकी जब बिनोद जी पोखराबाट फर्किनुभयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो- मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गएँ , ( बिनोदजीले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र उहाँको भनाइ मनपराउनु हुन्छ )
बिनोदजीले आफ्नो परिचय दिदां करिश्माको श्रीमान भनेकोले बिनोदजी कसरी इज्जतविहिन हुनुभयो डा . के सी ?
जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहन्छ नि उसले आफ्नो श्रीमतीलाई रानी सरहको व्यवहार गर्छ ।
अनि जो मनिस तपाईंको आगाडि सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उसको कमजोरी होइन त्यो उसको बडप्पन हुन्छ ।
त्यही बेला तपाईं , बिनोद र मेरी छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन त्यो कुरामा कबु म सग रिसाएको थियो !! त्यो तपाईंप्रति उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारणपन देखेर तपाईंको अनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।
आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस्।
बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।
सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।
अब आइन्दा बोल्दा विचार गर्नुहोला ।
सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन ।