नेपाली सिनेमा आजकल एउटा खबर आइरहन्छ। त्यो हो सिनेमाका लागि कलाकारले लिने पारिश्रमिक।
केहि वर्ष अगाडीसम्म लाखको एकल अंकमा सिमित कलाकारहरूको पारिश्रमिकको अंक केहि समययता लाखको दोहोरो अंकमा पुगेको छ, अर्थात १० लाख माथि।
यस्तोमा केहि दिन अगाडी खबर आयो दार्जिलिङका एक निर्माताले निर्माण गर्ने सिनेमाका लागि पूजा शर्माले २० लाख पारिश्रमिक लिइन्। यो अंक साँच्चै नै सुन्दा आकर्षक थियो। केहि मिडियाले यसलाई प्रमूखताका साथ आफ्नो मनोरञ्जन समाचार बनाए।
केहिले यसको पुष्टि गर्नलाई उनको भनाइसहित समाचार छापे। त्यसो उनले यसअघि 'पोई पर्यो काले'को लागि पनि २० लाख पारिश्रमिक बुझेको चर्चा थियो।
अहिले फेरि अर्को नयाँ सिनेमाको लागि २० लाख पारिश्रमिक लिएको समाचार बाहिरियो। तर, यो खबरको भने पूजाले घूमाउरो पारामा खण्डन गरेकी छन्।
हिजो एक फेसबुक स्टाटस लेख्दै उनले प्रकाशित र प्रसारित समाचारप्रति 'के मैले पुष्टि गरेको छु र?' भन्दै प्रश्न गरेकी छन्।
त्यसैगरी सो स्टाटसमा उनले 'मसँग सोधेको हो? यदि होइन भने त्यसो गर्नुस्। मलाई लाग्छ सबैभन्दा पहिले तथ्यमा उभिनु धेरै राम्रो हुन्छ। सबै शान्तिमा रहनु होला। सबैलाई माया...' लेखेकी छन्।
अब पूजाले यस्तो स्पष्टिकरण दिएपछि उनको भनाइ भएको समाचार छापियो कसरी? सोचनिय छ।
त्यसो त नेपाली सिनेमा बजारमा यस्ता अनेकन फण्डाहरू चल्छन्, जसको एकमात्र उदेश्य मात्र चर्चा कमाउनु हो। झन सिनेमा रिलिज निकट हुँदा सिनेमाप्रति चासो यस्ता फण्डाहरू झन् बढि आउने गर्छन्।
खैर! यसमा पूजाले नै स्टाटस लेखेर प्रष्टिकरण दिसकेपछि त्यसअघि आएका हल्ला मिथ्या रहेको पुष्टि भएको छ।
पूजा हाल 'सम्हालिन्छ कहिले मन'को सुटिङ सकेर बसेकी छन्। उनले २० लाख पारिश्रमिक लिएको भनिएको 'पोई पर्यो काले'को काममा व्यस्त छिन्। त्यस्तै 'म यस्तो गीत गाउँछु २' मा पनि उनले काम गर्ने घोषणा भइसकेको छ।