दक्षिण भारतिय सिनेमाकी चर्चित अभिनेत्रीमध्येकी एक तमन्ना भाटियाले भारतिय क्रिकेट कप्तान विराट कोहलीसँगको प्रेमसम्बन्धका बारेमा मौनता तोडेकी छन्।
करिब ६ वर्ष पहिले विराट र 'बाहुबली' फेम अभिनेत्रीको प्रेमचर्चा खुबै चलेको थियो। सो चर्चाका बारेमा तमन्नाले एक टेलिभिजन अन्तरवार्ताका क्रममा त्यसमा कुनै सत्यता नरहेको बताएकी छन्। उनले विज्ञापन छायाँकनका क्रममा भएको भेटपछि कहिल्यै आफूहरूले नभेटेको स्पष्ट पारिन्।
एक मोबाइल कम्पनीको विज्ञापनमासँगै काम गरेपछि उनीहरू दुबैको नाम एकअर्कासँग खुबे जोडिएको थियो।
'मेरो विचारमा त्यो विज्ञापनमा दुबै जनाले केबल चार शब्द बोलेका थिए। बस यसपछि उनको र मेरो कहिले भेटघाट तथा कुराकानी भएन। विराटसँग काम गर्नु आफैमा चुनौतीपुर्ण थियो किनकी विराट मैले काम गरिसकेका राम्रा अभिनेताहरू भन्दा पनि राम्रा थिए', तमन्नाले भनिन्।