असोज ५ गतेबाट रिलिज हुने सिनेमा ‘बाँध मायाले’ प्रचारमा नयाँ प्रयोग गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा जोडिने दर्शकको सङख्या बढ्दो छ । यसैलाई मध्यनजर गर्दै सिनेमा निर्माण टिमले सामाजिक सञ्जाल फेसबुकमा जोडिएका दर्शकलाई लक्षित गर्दै सिनेमाको प्रचार सुरु गरेको छ ।
सिनेमाले आफ्नो आधिकारिक फेसबुकमा सोधेको प्रश्नको सहि उत्तर दिने दर्शकहरूलाई प्रत्येक दुई दिनको अन्तरालमा पाँच सय बराबरको रिचार्च कार्ड दिने बताएको छ।
फिल्मका निर्देशक सविर श्रेष्ठका अनुसार यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने छ।
लभ स्टोरी सिनेमा ‘बाँध मायाले’मा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठसँग अभिनेता आर्यन अधिकारीले 'अन स्क्रिन' रोमान्स गरेका छ। सिनेमामा आर्यन र सृष्टिका अलवा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतका कलाकारको अभिनय रहेको छ ।