रोहित शेट्टीको फिल्म गोलमालका सबै श्रृंखला बलिउड बक्स अफिसमा सफल भएका छन्। फिल्मका तीन वटै श्रृंखलामा अजय देवगनको मुख्य भूमिका छ। अहिले गोलमालको चौथो श्रंखला रिलीजको तयारीमा छ। यसमा अजयसहित अर्सद वारसी, तब्बु, परिनीति चोपडा, तुसार कपुर, कुनाल खेमु र श्रेयस तलपडे देखिनेछन्।
गोलमालमा अभिनेताहरू सुरूदेखि नै एकै भए पनि अभिनेत्री भने परिवर्तन भइरहन्छन्। पहिलो श्रृंखलामा मुख्य अभिनेत्री रिमी सेन थिइन् भने दोस्रो र तेस्रोमा करीना कपुर देखिइन्। अब चौथोमा परिनीति र तब्बु छन्।
गोलमालका श्रृंखलैपिच्छे अभिनेत्री मात्र किन परिवर्तन गरिन्छ?
यसको जवाफ अजय देवगनले दिएका छन्।
'गोलमाल हँसाउने फिल्म मात्र होइन। यसमा सिरीयस कथा छ, भावना छ। श्रृंखलासँगै कथा अलग हुन्छ। अलग कथाका निम्ति अभिनेत्री पनि अलग नै हुन्छन्,' अजयले भने, 'फिल्मका मुख्य पात्र महिला होइनन्। त्यसैले श्रृंखलैपिच्छे अभिनेत्री बदलिन्छन्।'
यसले फिल्ममा नयाँपन पनि दिने उनको भनाइ छ।
[caption id="" align="alignnone" width="1024"]
तस्बिरः आइबिटाइम्स इन्डिया[/caption]
पछिल्ला दुई फिल्ममा भने लगातार करीना नै देखिएकी छन्। फिल्ममा करीनाको कमी आफूलाई भए पनि तब्बु र परिनीतिको भूमिका यसमा फिट भएको अजयले बताए। गोलमालको पाँचौं श्रृंखलामा करीनालाई सुहाउने भूमिका भएमा उनी फेरि देखिनसक्ने अजयले बताएका छन्।
पहिलो गोलमाल सन् २००६ मा रिलीज भएको थियो। अब 'गोलमाल अगेन' आउँदो अक्टोबर २० मा रिलीज हुँदैछ।
[caption id="" align="alignnone" width="2048"]
तस्बिरः नाउ रनिङ डटकम[/caption]