युट्युबर रणवीर अलाहबादियालाई ज्यान मार्ने धम्की आएको छ।
उनले इन्स्टाग्राममार्फत एक पोस्ट सेयर गर्दै उक्त कुराको जानकारी दिएका हुन्।
'म र मेरो टिम जाँचको लागि प्रहरी अधिकारीलाई सहयोग गरिरहेका छौं। म प्रक्रियालाई फलो गर्छु र एजेन्सीको लागि उपलब्ध रहन्छु। मलाई थाहा छ कि मैले इन्डियाज गट लेटेन्ट शोमा असंवेदनशील विषयवस्तु उठाएको थिएँ। यतिबेला मलाई लगातार ज्यान मार्ने धम्की आइरहेको छ। केही व्यक्ति मलाई मार्न चान्हन्छन्। मेरो परिवारलाई नोक्सान पुर्याउन चाहन्छन्। म डराइरहेको छु र मलाई थाहा छैन कि के गरूँ। तर म भाग्दिनँ। मलाई प्रहरी र देशको कानूनमा पूरै भरोसा छ,' उनले लेखेका छन्।
१४ फेब्रुअरीमा रणवीर अलाहबादियाविरूद्ध अश्लील कमेन्ट गरेको भन्दै उजुरी दर्ता भएको थियो। 'इन्डियाज गट लेटेन्ट' स्ट्याण्ड अप कमेडियन समय रैनाको शो हो। जसमा विवाद भइरहेको छ।