अभिनेता राजेश हमाललगायत कलाकारहरूले काठमाडौंको धुम्बाराही चोकमा संचालनमा आएको होटल स्मार्टको उद्घाटन गरेका छन्।
विभिन्न सेवा सुविधासहित संचालनमा आएको होटलको सोमबार साँझ नेपालका चर्चित सेलिब्रेटीहरूले उद्घाटन गरेका हुन्।
अभिनेता राजेश हमालले होटलको मुख्य प्रवेशद्धारको रिबन काटेर उद्घाटन गरे। त्यस्तै, गायक प्रमोद खरेलले दोस्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन र अर्का सञ्चारकर्मी सुशील नेपालले रूफ टप बारको उद्घाटन गरेका थिए।
३५ वर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको होटलमा करिब ४० करोड रूपैयाँ खर्च भएको जनाइएको छ।
उद्घाटनका क्रममा सुरेशले होटल सबै वर्गका ग्राहकलक्षित रहेको र एकै ठाउँमा धेरै सुविधा रहेको बताए।

