आगामी महिना प्रदर्शनमा आउने फिल्म 'मोहर' को दोस्रो गीत 'झुम झुम झुम्किका' युट्युबमा सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंको जोसेफ स्कुल र कलेजसँग 'इजुकेशन टाइअप' गर्दै गीत रिलिज गरिएको हो। जोसेफ स्कुलबाट एसईई पास भएका विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा पाँच सय बढी विद्यार्थी र अभिभावकहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो।
'झुम झुम झुम्किका' गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ।
एसडी योगीको संगीत रहेको गीतका शब्द हर्क साउदका हुन्।
भिडिओमा फिल्मका मुख्य कलाकारहरू अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालको नृत्य छ। मुख्य कलाकार मिथिला शर्मा, रविन्द्र झा, बाल–कलाकार सारा शर्मालाई पनि यो गीतको भिडिओमा देख्न सकिन्छ। कविराज गहतराजले भिडिओको कोरियोग्राफी गरेका हुन्।
देउकी प्रथाको कथामा तयार 'मोहर' को लेखक तथा निर्देशक ओम प्रतीक हुन्।
फिल्म मेकर्स प्रा.लिको ब्यारनमा निर्माण भएको फिल्ममा चुम्बनजंग शाहीको लगानी छ। फिल्ममा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबिलगायत कलाकारहरूको पनि अभिनय छ।
'मोहर' साउन २३ गतेदेखि प्रदर्शनमा आउनेछ।