चलचित्र विकास बोर्डले धेरै व्यापार गर्ने २५ फिल्मका निर्मातालाई सम्मान गर्ने भएको छ।
पछिल्लो २५ वर्षमा देशभित्र कुल व्यापार पाँच करोडभन्दामाथि भएका अधिकतम् व्यापार गर्ने पहिलो २५ फिल्मका निर्मातालाई सम्मान गर्न लागिएको बोर्डले जनाएको छ।
चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा धेरै व्यापार गर्ने २५ फिल्मका निर्मातालाई सम्मान गर्न लागेको हो।
यसका लागि निर्माता कम्पनी वा वितरकले सात दिनभित्र प्रमाण खुल्ने कागजात विकास बोर्डमा पेश गर्नुपर्नेछ।
विकास बोर्डले यही असार १६ गते स्थापना दिवस मनाउँदैछ।
