मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म 'सुम्निमा' मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्।
यो फिल्ममा उनी मुख्य भूमिकामा देखिन लागेकी हुन्। उपासना अनुबन्ध भएसँगै उनको जोडीको रूपमा काम गर्ने अभिनेताको लागि अडिसन आव्हान गरिएको छ।
२० देखि २६ वर्ष उमेरका युकेमा रहेका युवकले अडिसनमा भाग लिन सक्नेछन्। प्रेमकथामा आधारित यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण गरिनेछ।
नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन सुरू हुनेछ। चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा बन्ने फिल्ममा राजीव थापाको कथा र पटकथा रहनेछ।
यतिबेला चाम्स निर्देशित फिल्म 'अञ्जिला' प्रदर्शन भइरहेको छ।