मिलन तामाङ निर्देशित फिल्म 'माइतीघर' को सेटबाट कलाकार केदार घिमिरे 'माग्ने बुढा' को लुक्स बाहिरिएको छ।
सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ। झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ। तर निर्माणपक्षले यस विषयमा केही पनि बोलेको छैन।
यो फिल्म तामाङ संकृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ। फिल्मको प्रदर्शन मिति दसैंको फूलपातिलाई पक्का गरिसकिएको छ।
यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ। २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुनेछ।
यो फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ।
सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ। रोहित अधिकारी फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण भइरहेको हो।