नेपाली फिल्म 'माया प्रीति' मा अभिनेता आशीर्वाद क्षेत्रीको अभिनय रहने छ।
यो फिल्ममा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिका रहने निर्देशक अभि श्रेष्ठले जानकारी दिए।
केही समयदेखि कार्यशालामा रहेको यो फिल्म वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुँदैछ। छायांकनका लागि तयारीको अन्तिम चरणमा रहेको यसको छायांकन निर्देशन श्याम तामाङले गर्नेछन्।
एक समयको चर्चित टेलिभिजन शो 'प्ले इट अन' का समूहद्वारा निर्माण हुन लागेको 'माया प्रीति' लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभव भएका टिमले निर्माण गरिरहेको हुँदा यसलाई एक प्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।
