सिडी विजय अधिकारीको स्वर र प्रकाश सपुतको अभिनय रहेको गीत ‘बिरानो आँगन’ सार्वजनिक भएको छ। अधिकारीकै संगीत रहेको गीतमा देवी पोखरेलको शब्द रहेको छ। गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ । परदेशीको पीडा देखाइएको भिडिओमा प्रकाश सपुत, सरोज खनाल, रश्मि भट्ट, शङ्कर आचार्य, श्रीजल श्रेष्ठ र सुरज श्रेष्ठ फिचर्ड छन्।
ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेको भिडिओ अमृत चापागाईँले सम्पादन गरेका हुन्। भिडिओलाई उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेका हुन्। हेर्नुहोस भिडिओ