‘चौका दाउ’ सिनेमाले दुई पोष्टर रिलिज गरेको छ । पुस २७ को रिलिज मिति नजिकिदैं गर्दा उसले पोस्टर सार्वजनिक गरेको हो।
पुणेन्द्रु झा निर्देशित सिनेमाको एक साता अघि ट्रेलर सार्वजनिक भएको थियो।
पोस्टरमा सिनेमाका मूख्य कलाकारहरू अटाएका छन्।
चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।
अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो सिनेमाको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बास्कोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी रहेका छन् ।
 new.jpg)