पृथ्वी राजमार्गको जवाङ खोलासहित केही स्थानमा पहिरो खसेको र सवारी साधन पठाउन नसकिने भन्दै नागढुंगा चेकपोस्टबाट ट्राफिक प्रहरीले माइकिङ गर्दै गाडी काठमाडौंतर्फ नै फर्काइरहेका छन्।
हालसम्म २५० वटा भन्दा गाडीहरू फिर्ता पठाइएको छ। ट्राफिक प्रहरीले यताबाट कुनै पनि गाडी जान दिएका छैनन्।
शुक्रबार रातिदेखि परेको अविरल वर्षातले नागढुंगा–मुग्लि सडक खण्डको ठाउँठाउँमा पहिरो खसेको ट्राफिक प्रहरीले माइकिङमार्फत् जानकारी गराइरहेको छ।





























