निखिल उप्रेती स्टारर ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा निखिल मधेशी भूमिकामा देखिएका छन् । ट्रेलरमा उनको डबिङ अरुले नै गरेका छन् ।
अभिनेता निखिल गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा ब्याक अगेन' पछि पर्दामा फर्किएका हुन् ।
ट्रेलरमा प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति देखाइएको छ ।
सिनेमा पुष २७ गते रिलिज हुँदैछ । सिनेमामा निखिलका अलावा कपिल खत्री, शिल्पा पोख्रेल तथा निशा अधिकारीको मूख्य अभिनय रहेको छ।
सिनेमामा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।
द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् भने दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् ।