'रणवीर' सिनेमाले आफ्नो ‘तिरीमिरी तीन तारा..’ बोलको गीत रिलिज गरेको छ।
गीतमा सिनेमाका मुख्य पात्र सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट नाचेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा राजनराज शिवाकोटी स्वर तथा संगीत रहेको छ। शिवाकोटीले नै लेखेको गीतमा अन्जु पन्तले महिला स्वर दिएकी छन्।
माघ १८ गते रिलिज हुने सिनेमालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्।
सिनेमामा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, बसन्ती भाट, शैलेश्वरी सिंह, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, जगदिश रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।
दिपेन्द्र रेग्मी र गोमा थापा बिष्टको लगानी रहेको
यस्तै 'रणवीर'मा निर्देशक गोविन्द सिंह भण्डारीको कथा, पटकथा तथा संवाद, महेश पौडेको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, गम्भिर बिष्ट र सुरेश बसेलको कोरियोग्राफी, राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, अमित श्रेष्ठ र सुशान्त गौतमको संगीत, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।