आज कवि, दार्शनिक, कलाकार एवं नाट्यशास्त्री रवीन्द्रनाथ टैगोरको १५७ औं जन्मदिन हो।
उनलाई विश्वले नै साहित्य –कला र जीवनदर्शनको ज्ञाताको उपमा दिँदै आएको छ।
मे ७ सन् १८६१ मा कलकत्तामा जन्मेका टैगोर नोबेल पुरस्कार पाउने पहिलो एशियालीसमेत हुन्।
उनका केही विशेषता यहाँ प्रस्तुत गरिएको छ–
तीन मुलुकका राष्ट्रगानका रचयिता धेरैले टैगोरलाई दुई मुलुकको राष्ट्रिय–गानका रचयिता भन्छन्। तर उनले तीन मुलुकको राष्ट्रिय गानको रचना गरेको तथ्य ‘हिन्दुस्तान टाइम्स’ले उल्लेख गरेको छ।
टाइम्सका अनुसार भारतको ‘जन–मन –गण भारत…’ बङ्गलादेशको ‘अमार सोनार बङ्गला’ मात्र नभएर उनले श्रीलङ्काको राष्ट्रिय गान रचना गरेका छन्। सन् १९३८मा रवीन्द्रनाथ टैगोरले लखेको एक बङ्गाली गीतलाई सिंहाली भाषामा अनुदित गरेर परिमार्जन गरी श्रीलङ्काको राष्ट्रिय गान बनाइएको थियो।
रवीन्द्रनाथ टैगोरकै एकजना विद्यार्थीले उक्त बङ्गाली गीतलाई ‘नमो नम: श्रीलङ्का’ भनेर अनुदित गरेका थिए। यतिमात्र नभई कवि टैगोरले आफ्नो जीवनकाल भरीमा करिब दुई हजारभन्दा बढि गीतहरूको रचना गरेको पाइन्छ।
छुवाछुत प्रथाका घोर विरोधीब्राह्मण देवेन्द्रनाथ ठाकुरका कान्छो छोराका रूपमा रवीन्द्रनाथ टैगोरको जन्म भएको थियो। उनी हुर्केको समाजमा छुवाछुत तथा वर्गीय असमानता व्याप्त थियो।
तर त्यसबखत चलिआएका सबै कुरीतिलाई उनी पराउँदैनन् थिए। समाजको विकराल स्थिति देखेर उनले त्यसको समाधान गर्ने हेतुले सुरूवातदेखि नै मानवताको पक्षमा कविता तथा नाटक लेख्न थाले।
यसै शिलशिलामा लेखिएका उनका नाटकहरू ‘मालिनी’, ‘चण्डालिका’ आदि विश्वप्रसिद्ध नाटकहरू हुन्। उनले आफ्ना प्राय: साहित्यमा मानव जीवनको अस्तित्व र रहस्यको बारे चर्चा गरेका छन्।
बहुल भाषाका ज्ञाताबाल्यकालमा बुध्दु स्वभावका भनिए पनि रवीन्द्रनाथ टैगोरसँग भाषा, कला र लालित्यमा तीव्र उत्सुकता थियो। उनीसँग बङ्गाली, हिन्दी अङ्ग्रेजी र स्थानीय भाषा गरी कूल पाँच भाषाको ज्ञान थियो।
बाल्यकालमा अङ्ग्रेजी भाषामा कमजोर रहेपनि पछि उनी त्यसमा दखल भएका थिए। टैगोर यी पाँचवटै भाषामा कुशलतापूर्वक लेखपढ गर्न सक्थे। यसैले पनि उनलाई शब्दको खास मर्म बुझ्न–बुझाउन निपुणता मिलेको विद्वानहरू बताउने गर्छन्।
नोबेल साहित्य पाउने पहिलो गैर–यूरोपेली आफ्नो गीतिकाव्य ‘गीताञ्जली’को लागि रवीन्द्रनाथ टैगोरले सन् १९२३ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए। त्यसबखत नोबेल पुरस्कार पाउने उनी पहिलो एशियाली तथा साहित्यतर्फको पुरस्कार पाउने पहिलो गैर यूरोपेली बने।
रवीन्द्रनाथले नोबेल पुरस्कारबाट प्राप्त रकम विश्व–भारती विश्वविद्यालयलाई प्रदान गरेका थिए। उनको मृत्युपछि विश्वविद्यालयले नै पुरस्कारमा प्राप्त पदक राखेको थियो। तर दुर्भाग्य सन् २००४ मा उक्त पदक विश्वविद्यालयबाट नै हराएको थियो।
गान्धी र आइन्सटाइनका परम मित्र भनिन्छ महान् मानिसहरूको मित्र–मण्डली कि त महान् व्यक्तिहरूकै सेरोफेरोमा हुन्छ कि त मुर्खहरूका बीचमा। तर रवीन्द्रनाथ टैगोर यस्ता भाग्यमानी व्यक्तिमा पर्छन् कि उनको मित्रहरू अत्यन्त साधारण व्यक्तिदेखि लिएर विश्वकै सर्वश्रेष्ठ व्यक्तिहरू रहे।
रवीन्द्रनाथ टैगोरले सन् १९१५ मा आफ्ना मित्र मोहनदास कर्मचन्द गान्धीको नाम ‘महात्मा गान्धी’ भनेर राखिदिए। भनिन्छ महात्मा गान्धीसँग उनको भेट भएको बखत उनीहरू दशौं घण्टासम्म वार्तालाप गरिरहन सक्थे। टैगोर छुवाछुत प्रथाको घोर विरोधी थिए। यसै मुद्दामा भने गान्धीसँग रवीन्द्रनाथका केही असमझदारी थियो। यद्यपि उनीहरू दुईबीच हुने प्रजातन्त्र र स्वतन्त्रताको गहन वार्तालाप निकै अविस्मरणीय मानिन्छ।
यस्तैगरी बिसौं शताब्दीको ‘शताब्दी पुरुष’ उपाधि पाएका महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनसँग पनि रवीन्द्रनाथको मित्रता रह्यो।सन् १९३० र ३१ का बीचमा उनीहरूको चारपल्ट भेट भएको थियो। अध्यात्म र भौतिकशास्त्रका यी दुई अद्वितीय व्यक्तिहरूको भेटमा प्राय: प्रेम,जीवन र सत्यका विषयमा कुराकानी हुन्थ्यो।
‘नाइटहुड’ उपाधी फिर्तारवीन्द्रनाथ टैगोरको काव्यकारिता र असीम ज्ञानको सम्मान गर्दै बेलायती सम्राट जर्ज पाँचौंले उनलाई ‘नाइटहुड’को उपाधि दिएका थिए। जुन ३ सन् १९१५ मा टैगोरलाई औपचारिक रूपमा बेलायती सरकारले यो उपाधि दिएको थियो। ‘नाइटहुड’ भन्नाले बेलायती सरकारले प्रदान गर्ने मानपदवीको एक उच्च दर्जा हो।
तर सन् १९१९ मा भएको जालिनवालावाग हत्याकाण्डमा बेलायती उपनिवेशी सरकारले तीव्र अमानवीय दमन गरेपछि उनले नाइटहुडको उपाधि त्याग गरेका थिए। यसबाट उनले मानवता र स्वतन्त्रताको पक्षमा लिएको अडान प्रष्ट झल्किन्छ।
(हिन्दुस्तान टाइम्स, इन्डियन इगल डटकम र नोबेल प्राइज डटकमको सहयोगमा। )