अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारले दशौं पटक गिनीज बुकमा विश्व कीर्तिमान लेखाउने भएका छन्।
यसअघि ६ वटा विश्व रेकर्ड बनइसकेका दिशेनले आज एकैपटक चार वटा लेखाउनका लागि आफ्नो कौशल देखाएका छन्। उनले अमेरिकामा आयोजिक कार्यक्रममा आफ्नो कौशल देखाएका थिए।
जसमा ‘द मस्ट फुल ट्विटस्ट किक द मुन इन ३० सेकेन्ड’ मा उनले १२ पटक हानेर नयाँ रेकर्ड बनाएका छन्। यसअघिको मापदण्ड गिनिज बुक्सले कम्तिमा १० पटक राखेको थियो।
यस्तै ‘लोएस्ट स्ट्यन्डिङ ब्याकवार्ड समरसल्ट’ मा ७ सेन्टिमिटरको दूरीको ग्याम हानेर नयाँ रेकर्ड बनाएका छन्। यसअघि यो रेकर्ड बेलायतका रायन लुनको नाममा थियो। उनले २६.५ सेन्टिमिटरको दूरीको ग्याममा समरसल्ट गरेर रेकर्ड बनाएका थिए।
‘द मस्ट स्ट्यान्डिङ फुल ट्विट्स ब्याकफ्लिप इन ३० सेकेन्ड’ विधामा १३ पटक हानेर आफ्नै रेकर्ड भंग गरेका छन्।
चौथो रेकर्डको रुपमा ‘द मस्ट वान ह्यान्ड कार्टह्विन्स इन ३० सेकेन्ड’ विधामा २७ गरेर नयाँ रेकर्ड बनाएका छन्।
उनले एक रेकर्ड अमेरिकाको ओहायोको एसियन सर्भिस एक्सनको आयोजनामा इन्टरनेसनल कम्युटिनी फेस्टिबल कार्यक्रममा बनाएका हुन्।
बाँकी तीन रेकरंड सनसाइन तेक्वान्दो एकेडेमीमा भए थियो। जहाँ मास्टर हर्क तिरुवा, मास्टर बिर्खा सुब्बा, मास्टर कौशिला खनाल, गायक नारायण गजमेर, मास्टर राधिका सुवेदी लगायत उपस्थित थिए।