बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन्।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए।
फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघको व्यवस्थापनमा राखेपद्वारा आयोजित प्रतियोगिताको बीसी ४ को मिस्क टिम स्पर्धामा विष्णु घिमिरे, सुवेच्छा खतिवडा र निलम अधिकारी पहिलो, सुकुमाया लो, सविन तामाङ र जिज्ञासा अधिकारी दोश्रो तथा सीता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठ तेश्रो भए।
बीसी ३ को मिक्समा आश्मा सिग्देल र रिदम क्षेत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत तथा लिजा वज्राचार्य र सुभला राईले कांस्य जिते।
बीसी २ को मिक्स टिममा रुपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखे र गंगामाया कसलवत दोश्रो तथा सुलोचना, दीपा सुलु र मानबहादुर भुजेल तेश्रो भए। सिंगल मिक्स स्पर्धामा मौसम चौधरी पहिलो र लक्ष्मी मगर दोश्रो बने।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा ५२ प्रतिस्पर्धी सहभागी थिए।
बोसियाको समापनसंगै पारा राष्ट्रिय खेलकुदले पनि बिट मारेको छ। पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेल समावेश थिए।