नेपाल बक्सिङ संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने चार खेलाडी बक्सरको नाम सार्वजनिक गरेको छ।
च्याम्पियनसिप आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म हुनेछ।
खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो।
उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडी मध्येबाट ४ खेलाडी छनोट गरिएको हो ।
विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन्।
सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्।