संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन्।
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गरेकी हुन्।
जसमा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले प्रबल जनसेवाश्री पाएका छन्।
यस्तै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, पारा खेलाडी केशव थापा, तेक्वान्दो खेलाडी आयशा शाक्य र कोरियन तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले जनसेवाश्री पाएका छन्।
सुकीर्ति पदक पाउने खेलाडीमा अनु अधिरकारी (कराते), दिपक थापा (ब्याडमिन्टन), नर्वु लामा (तेक्वान्दो), उत्तम न्यौपाने (खेलकुद आयोजक), प्रकास केसी (पावर लिफ्टिङ खेलाडी), जुनी राई (उसु), संगिता बस्याल (तेक्वान्दो), लक्ष्मण तामाङ (कराते) सोनी गुरुङ (ट्रायथल) र बिमला चौधरी (फुटबल) छन्।