अन्तर्राष्ट्रिय ओलम्पिक डे तथा अन्तर्राष्ट्रिय योगा दिवसको अवसर नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स साइकोलोजी कमिशनले ‘वेलनेस सेसन अन स्पोर्ट्स’ कार्यक्रम आयोजना गरेको छ।
बुधबार र बिहीबार भएको कार्यक्रममा योगा तथा डाइनामिक मेडिटेसन, स्पोर्ट्स साइकोलोजी तथा काउनसेलिङ र खेलाडीमा वान अन वाइन काउनसेलिङ भएको थियो।
योगा तथा डायनमिक मेडिटेशन कमिशनका सदस्य साइकोलोजिष्ट लक्ष्मी प्रधान र स्काउट मास्टर युवराज वरदेवले योगा र मेडिटेशन गराएका थिए।
यस्तै काउनसेलिङ कमिशनका अध्यक्ष इन्द्र गुरुङले साइकोलोजी तथा काउनसेलिङ गराएका थिए।
सदस्य राजेश्वरी श्रेष्ठ गुरुङले खेलाडीको वान एण्ड वान काउनसेलिङ गराएकी थिइन्।
दुई दिने कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा विभिन्न कमिशनका पदाधिकारीहरु गरी ३० जना बढी सहभागी थिए।