नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ उद्घाटन हुन ५० दिन बाँकी छ। प्रतियोगिता असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदैछ।
प्रतियोगिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषदले विभिन्न उपसमिति मार्फत कतिपय काम सम्पन्न गरेको छ। केही काम सम्पन्न हुने चरणमा छन्।
सम्पन्न कार्यहरु
- ३६ वटा खेलका खेलाडी कोटा र खेल ईभेन्ट्स स्वीकृत
- खेलाडी संख्या प्रत्येक टिमबाटः महिला ३३५, पुरुष ३७४ जना, जम्मा खेलाडी संख्या ७०९
- टिम ११ वटा : सबै टिमबाट जम्मा ७७९९ जना, (महिला ३६८५ र पुरुष ४११४)
- पदक संख्या स्वर्ण ३९३, रजतः ३९३ र कास्य ६००
- ६० (साठी) करोडको बजेट सुनिश्चित, पहिलो किस्ता वापत १० करोड निकासा ।
- लोगो, मस्कट, नारा छनौट भई स्विकृत भएको ।
- नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्य मन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डि.आई.जी. सहितको वृहत बैठक सम्पन्न
- बैठकमा प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट गरिएको अपेक्षाकृत सूचीमा सकारात्मक छलफल भई कार्यन्वयका लागि प्रतिवद्धता व्यक्त भयो । साथै नवौं राष्ट्रिय खेलकुद–२०७९ लाई भव्यरुपमा सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको ।
- कार्यकारी समितिको सचिवालय स्थापना, काठमाडौं र पोखरामा
- १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भईसकेको । उपसमितिको बार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको ।
- विषयगत उपसमितिको टिओआर स्वीकृत
- उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारंभ गरिएको
- खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको छ ।
- प्रचार प्रसारको काम सुरु भएको,
- राष्ट्रिय खेलकुद परिषदको एप तथा धभद मार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरि काम अघि बढेको
प्रक्रियामा रहेकाका कामहरू
- खेलतालिका निर्माण हुदै
- खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको
- राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको ।
- उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिया सुरु भएको,
- भदौ २४ गते देखि पो्खरा रंगशालामा मास पीटीको अभ्यास सुरु हुने
- नवौं राष्ट्रिय खेलकुद–२०७९ मा समावेश खेलका खेलस्थलहरुको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरी खेलस्थलको नामावली पेश भईसकेको ।
- खेल स्थल निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी । १५ भदौ सम्म खेल स्थालको टुंगो लागि सक्ने छ ।
- खेलाडी तथा अफीसियलको बसोवासका लागि पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भईरहेको ।
- प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको
- खेल स्थलहरुमा स्वास्थ्य सेवाका लागि सम्वन्धित पालिकाहरु संगको समन्वय गरिएको
- सबै उपसमितिले तिब्रगतिमा काम सुरु गरेका ।
- सबै उपसमितिहरुले असोजको १५ गते भित्र सम्पूर्ण तयारी पुरा गर्ने गरि लक्ष्यका साथ काम भईरहेको ।