रुपन्देहि ११ लाई हराउँदै विभागीय टीम एपिएफ दुधे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार सम्पन्न खेलमा रूपन्देहि ११ लाई २-१ गोल अन्तरले पाखा लगाउँदै विभागीय टोली एपिएपको अन्तिम चारमा प्रवेश गरेको हो।
गतवर्षको सिजनमा आधा दर्जनभन्दा बढी गोल्डकपको उपाधि उचालेको रूपन्देही पहिलो चरणको अन्तिम खेलमा उपाधि होडबाट बाहिरियो।
अब एपिएफले हिमालयन शेर्पा क्लबसँग फाइनल प्रवेशका लागि भीड्ने भएको छ ।
एपीएफ शुरु देखिनै मैदानमा रूपन्देहीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको थियो । खेलको ३७ औं मिनेटमा एपिएफका श्याम नेपालीले मिलाइदिएको क्रस पासलाई सदुपयोग गर्दे युवराज खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता लिएको एपिएफ दोस्रो हाफमा झन आक्रमक बन्यो।
खेलको ५० औं मिनेटमा फेरि युवराजले अर्को व्यक्तिगत गोल गर्दै एपीएफलाई २–० लग्रता दिलाए। घरेलु दर्शकको समर्थन पाएको रूपन्देहीले खेलको ६३ औं मिनेटमा जुनिडले गोल फर्काउँदै टिमलाई खेलमा फर्काए।
त्यसपछि दुबै तिरबाट गोल भएन र २-१ ले पछि परेको रुपन्देहि ११ उपाधि होडबाट बाहिरियो ।
उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका एपीएफका युवराज खड्का म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
आइतबार हुने पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र मोरङ–११ फुटबल क्लबबीच भिडन्त हुनेछ।
प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेलहरुबाट रुपन्देही–११ सँगै आयोजक दुधे युथ क्लब, त्रिभुवन आर्मी र झापा–११ बाहिरिएका थिए।
दुधे गोल्डकपका विजेताले नगद ३ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव दर्सन तुम्वाफोले वताएका छन ।