काठमाडौंमा जारी साफ यु-१५को फाइनलमा भारतले नेपालविरूद्ध गोल फर्काएको छ। खेलको ५९औं मिनेटमा भारतले गोल फर्काउँदै खेल १-१को बराबरीमा ल्याइपुर्याएको हो।
सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका लालरोकिमाले गोल फर्काएका हुन्। नेपाली रक्षकले फर्काएको बल खोस्दै उनले गोलमा परिणत गरेका हुन्।