काठमाडौंमा जारी साफ यु-१५ फुटबलको फाइनलमा नेपाल र भारतबीचको खेल चलिरहेको छ। मध्यान्तर हुँदा नेपाल १-०ले अघि छ। पेनाल्टीको सदुपयोग गर्दै नेपालले ४१ औं मिनेटमा गोल गरेको हो।
भारतीय खेलाडीले डिबक्सभित्र रन्जन पुनलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। यो पेनाल्टीलाई सदुपयोग गर्दै नेपाली खेलाडी ब्रिजेश चौधरीले गोल गरेका हुन्।
सुरुमा भारतीय पक्ष नेपालविरूद्ध निकै आक्रामक देखिएको थियो। भारतीय फर्वाड रविबहादुर राणाले आक्रमणको केही प्रयास गरेका थिए। २० मिनेटपछि भने नेपालीय पक्ष पनि उत्तिकै आक्रामक देखिएको थियो। र, आक्रमणको केही प्रयास गरेको थियो।