काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ।
जेरार्डले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (क्रिकेटमा) काठमाडौं गुर्खाजबाट खेल्ने छन्।
सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) बाट प्लेयर अफ द इयरमा चुनिएका इरसमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्।
उनले एकदिवसीयमा झन्डै २ हजार रन बनाउनुका साथै ३८ विकेट र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ५ सय ५७ रन बनाउनुका साथै ५३ विकेट लिएका छन्।
कप्तानको भूमिकामा इरसमसले नटआउट ५३ रन बनाउदै आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया २०२१ मा ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुगेको थियो।
नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएको ४ खेलमा ३ मा विजय दिलाएका थिए।
जसमा नेपालविरुद्धको दोस्रो खेलमा अर्धशतक बनाएका थिए।
मर्वी जेरार्ड इरसमस एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी हुन्। साथै उनी आफ्नो टोलीका सच्चा लिडर पनि हुन्।
उनको आगमनले काठमाडौं गुर्खाजको ब्याटिब, बलिबका साथै नेतृत्व टोलीलाई पनि ठुलो टेवा पुग्ने छ, हामी उनको आगमनको प्रतिक्षामा छौं,’ काठमाडौं गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने।
दुबईमा इन्टरनेश्नल लिग टी–२० खेलेका इरसमस काठमाडौं आएर गुर्खाजबाट एनपीएल खेल्न निकै उत्सुक रहेको जनाए। गुर्खाज परिवारको एउटा सदस्य हुन पाउदा म आफुलाई अत्यन्तै गौरान्वित महसुस गरिरहेको छु। आफ्नो साहस र बलको लागि परिचित राष्ट्र नेपालमा एउटा आइकोनिक टोलीको प्रतिनिधित्व गर्न पाउदा मलाई गर्व छ,’ इरसमसले भने।
हामी त्यहि निडर भावनालाई क्रिकेट मैदानमा ल्याउन र स्मरणीय बनाउन लागि तयार छौं एनपीएल खेल्ने उनी गुर्खाजका दोस्रो विदेशी खेलाडी हुन्। नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई गुर्खाजले यसअघि नैअनुवन्धन गरिसकेको छ। लेभिट नेदरल्यान्ड्सबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सवैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी हुन्। मार्चमा उनले नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा ६२ बलमा १ सय ३५ रन बनाउनेक्रममा ४९ बलमा शतक पुरा गरेका थिए। सो भ्रमणमा लेभिटले नेपालविरुद्धको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा दुईमा अर्धशतक बनाएका छन्।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको मार्की खेलाडीमा करण केसी रहेका छन्। अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो।