नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतबार भएको खेलाडी बोलकबोल (अक्सन) भएकोमा लुम्बिनी लायन्सले सर्वाधिक खर्च गरेको छ।
१० खेलाडी भित्र्याउन ९० लाख रुपैयाँको वालेट तोकिएकोमा लुम्बिनी लायन्सले ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ। उसले ए क्याटागोरीका तीन खेलाडी १५-१५ लाख रुपैयाँमा भित्र्याउँदा ४५ लाख खर्च गरेको थियो।
१० खेलाडीका लागि कम खर्च गर्ने टोली चितवन राइनोज बन्यो। उसले कुनै पनि खेलाडीका लागि सर्वाधिक १५ लाख रुपैयाँ तिरेन।
टिमहरूले ए क्याटागोरीका ३ खेलाडी, बी क्याटागोरीका ४ खेलाडी र सी क्याटागोरीका ३ खेलाडी अक्सनमार्तफ आबद्ध गरे।
कुन टोलीले कति खर्च गर्यो?
विराटनगर किंग्स - ६६.५ लाख खर्च - २३.५ लाख बाँकी
चितवन राइनोज - ६३ लाख खर्च - २७ लाख बाँकी
जनकपुर बोल्ट्स - ७९.२५ लाख खर्च - १०.७५ लाख बाँकी
कर्णाली याक्स - ७४ लाख खर्च - १६ लाख बाँकी
काठमाडौं गोर्खाज - ७०.५ लाख खर्च - १९.५ लाख बाँकी
लुम्बिनी लायन्स - ८४.७५ लाख खर्च - ५.२५ लाख बाँकी
पोखरा एभेन्जर्स - ८०.५ लाख खर्च - ९.५ लाख बाँकी
सुदूरपश्चिम रोयल्स - ७४ लाख खर्च - १६ लाख बाँकी
घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको थियो। ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो।
जसमा ए क्याटागोरीमा रहेका खेलाडी १५ लाख रूपैयाँसम्म बिक्री भए। यससँगै अब प्रत्येक टोलीले ११-११ खेलाडी भएका छन्। सबै टोलीमा यसअघि एक एक खेलाडी मार्कीको रुपमा भित्रिएका थिए। आज १०-१० खेलाडी अक्सनबाट भित्रिएका छन्। तीन-तीन खेलाडी ए र सी क्याटागोरी तथा चार खेलाडी बी क्याटागोरीबाट टोलीमा आबद्ध भए।
अब चार चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६-१६ खेलाडी हुनेछन्।
सर्वाधिक १५-१५ लाखमा बिक्री भएका १२ खेलाडी
लोकेश बम - विराटनगर किंग्स
प्रतिश जीसी - विराटनगर किंग्स
ललित राजवंशी - जनकपुर बोल्ट्स
अनिल कुमार साह - जनकपुर बोल्ट्स
गुलशन कुमार झा- कर्णाली याक्स
शाहब आलम - काठमाडौं गोर्खाज
भीम शार्की - काठमाडौं गोर्खाज
सूर्य तामाङ - लुम्बिनी लायन्स
बिबेक यादव - लुम्बिनी लायन्स
सन्दीप जोरा- लुम्बिनी लायन्स
सागर ढकाल - पोखरा एभेन्जर्स
आरिफ शेख - सुदूरपश्चिम रोयल्स
यो पनि : यी हुन् एनपिएलका आठ टिमले अक्सनमार्फत् भित्र्याएका ८० नेपाली खेलाडी