नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडी आबद्ध गर्न अक्सन भइरहेको छ।
एनपिएलमा आबद्ध आठ टोलीले खेलाडी टोलीमा आबद्ध गर्न बोली लगाइरहेका छन्।
घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको छ। ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरी २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको छ। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयाँ रहेको छ।
अहिलेसम्म ए क्याटागोरीका चार खेलाडी बिक्री भएका छन्। जसमा रिजन ढकाल चितवन राइनोजमा १० लाखमा बिक्री भएका छन्।
यता ६ टोलीले बोली लगाएपछि ललित राजवंशीलाई जनकपुर बोल्टले टोलीमा आबद्ध गर्न सफल भएको छ।
यता लोकेश बमका लागि जनकपुरबाहेक सबैले बोली लगाएका थिए। जसमा विराटनगर किंग्सले गोलाप्रथाबाट टिममा आबद्ध गर्न सफल भयो।
अहिलेसम्म बिक्री भएका खेलाडी
रिजन ढकाल – चितवन राइनोज – १० लाख – ए क्याटागोरी
सुवास भण्डारी – विराटनगर किंग्स – २ लाख ५० हजार - सी क्याटागोरी
आसुतोष घिरैया- लुम्बिनी लायन्स (काठमाडौंसँगको गोलाप्रथा)- १० लाख - बी क्याटागोरी
भोजराज भट्ट – सुदूरपश्चिम रोयल्यस – ४ लाख ५० हजार- सी क्याटागोरी
ललित राजवंशी - जनकपुर बोल्ट्स (६ टिमको गोला प्रथाबाट)- १५ लाख - ए क्याटागोरी
सूर्य तामाङ – लुम्बिनी लायन्स (काठमाडौं र पोखराको गोल प्रथाबाट) - १५ लाख- ए क्याटागोरी
लोकेश बम - विराटनगर किंग्स (७ टिमको गोलप्रथा) – १५ लाख – ए क्याटागोरी
नरेश भट्ट – विराटनगर किंग्स - २ लाख- सी क्याटागोरी
विपिन रावल – चितवन राइनोज – ८ लाख - बी क्याटागोरी
दिनेश खरेल – पोखरा एभेन्जर्स – २ लाख – सी क्याटागोरी
अरनिकोप्रसाद यादव – जनकपुर बोल्ट- २ लाख २५ हजार- सी क्याटागोरी
दिपेन्द्र रावत - कर्णाली यादव – ३ लाख – सी क्याटागोरी
रुपेशकुमार सिंह – जनकपुर बोल्स – १० लाख- (चितवनबाहेको गोल प्रथाबाट) – बी क्याटागोरी
रन्जित कुमार – चितवन राइनोज – ३ लाख - सी क्याटागोरी
प्रतिश जिसी - विराटनगर किंग्स- १५ लाख रुपैयाँ- ए क्याटागोरी
दिपेश कँडेल – काठमाडौं गोर्खाज – ५ लाख रुपैयाँ- ए क्याटागोरी