वागमती प्रदेश क्रिकेट संघले सोमबार चार खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ।
आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा संघले सोमवार बागमती प्रदेशका उदीयमान खेलाडीमा महिलातर्पm एलिसा गुरुङ र पुरुषमा आशुतोष घिरैयालाई नगदसहित सम्मान गरेको होे । सिनियर महिलामा खुशी डंगोल र पुरुषमा सूर्य तामाङ सम्मानित भए।
सोही अवसरमा संघले प्रशिक्षक राजु बस्न्यातलाई पनि सम्मान गर्यो । संघले पाँचै जना नगद १० हजार रुपैयाँबाट सम्मान गरेको हो।
वागमती प्रदेश क्रिकेट संघको साधारणसभाको अवसरमा विभिन्न कार्यक्रम भएका थिए।
उद्घाटन सत्रमा संघका सचिव प्रसन्न शाक्यले कार्यालय स्थापना, डाइरेक्ट, प्रशिक्षक नियुक्ति, प्रशिक्षक कोचिङ कोर्ष र प्रतियोगितामा वागमतीको सहभागिताबारे जानकारी दिएका थिए।
उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलगायत उपस्थित थिए।