आइसिसी महिला टी-२० विश्वकप २०२४ को लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ७९ लाख ५८ हजार अमेरिकी डलर कुल पुरस्कार घोषणा गरेको छ। यो पुरस्कार २०२३ संस्करणको तुलनामा २२५% ले बढेको छ।
यससँगै महिला र पुरुष विश्वकपका लागि समान पुरस्कार हुने भएको छ। महिला विश्वकपको विजेताले २३ लाख र उपविजेताले ११ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्।
आइसिसीले पहिलो पटक महिला र पुरुष विश्वकपका लागि समान पुरस्कार रकम दिन लागेको हो।
अघिल्लो संस्करणको महिला विश्वकपको तुलनामा अहिले विजेताले १३४ प्रतिशत बढी पुरस्कार पाउन लागेको हो।
आइसिसी महिला टी-२० विश्वकप २०२४ अक्टोबर ३ मा सुरु हुँदैछ। युएईको शारजाह क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डसँग खेल्दैछ।
२०२४ को संस्करणमा १० टोलीले दुबई र शारजाहमा २३ खेल खेल्नेछन्।