त्रिवि मैदान कीर्तिपुरमा आज दर्शकहरूको घुइँचो छ। 
टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि ओमानसँग खेलिरहेको नेपालको समर्थन गर्न बिहानैदेखि दर्शकहरू त्रिवि मैदान पुगेका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालको प्रत्येक प्रहारमा दर्शकहरूले हुटिङ र ताली बजाएर नेपाली खेलाडीलाई उत्साह प्रदान गरे। 
नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। 
आजको खेलको टिकट बिक्रीबाट उठेको रकमको पचास प्रतिशत भूकम्प पीडितलाई दिने क्यानले घोषणा गरिसकेको छ।  
तस्बिरहरूः 































