टी-२० विश्वकप एसिया छनोटमा नेपाल र ओमानबीच खेल भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले जितका लागि १४६ रनको लक्ष्य पाएको छ।
टस जितेर बलिङ रोजेको नेपालले ओमानलाई १४५ रनमा समेटेको छ। २० ओभर खेलेको ओमानले ९ विकेटको क्षति ब्यहोर्यो।
आजको खेलमा करण केसीले सर्वाधिक ३ विकेट लिँदा सोमपाल कामीले २, सन्दीप लामिछानेले २, गुल्सन झा र अभिनास बोहराले एक/एक विकेट लिए।
नेपाल र ओमान यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।आजको खेलबाट समूह बिजेताको टुंगो लगाउनेछ।
नेपालले सेमिफाइनल खेल त्रिवि मैदानमै खेल्नका लागि आजको खेलमा जित्नुपर्नेछ।
तस्बिरहरूः