बल बिगारेपछि अष्ट्रेलियन क्रिकेट स्टिभ स्मिथ र डेभिड वार्नरलाई ३५ करोड रूपैयाँ घाटा भएको छ। आइसिसिबाट एक वर्षको प्रतिवन्धमा परेका उनीहरूले एक सातापछि हुने आइपिएलसमेत खेल्न नपाउँदा करोडौं रूपैयाँ गुमाउने भएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेटबाट एक वर्षको प्रतिबन्धमा परेका अष्ट्रेलियन खेलाडी स्टीभ स्मिथ र डेभिड वार्नरलाई बिसीसीआईले पनि आइपिएल खेल्न प्रतिबन्ध लगाएको छ।
आईपीएलका अध्यक्ष राजीव शुक्लाले आईसीसीको प्रतिबन्धमा परेका दुबैले आइपिल खेल्न नपाउने निर्णय गरेका हुन्।
स्टिभ राजस्थान रोयल्सका कप्तान थिए भने र वार्नर सनराइजर्स हैदरावादका कप्तान थिए। दुबैलाई १२ करोड भारूमा टिमले रिटेन गरेको थियो।
आगामी साता सुरू हुने आइपिएलका लागि दुबैले यसअघि नै कप्तानबाट राजीनामा दिएका थिए।
यो सँगै यो वर्ष दुबैले करिब ३५ करोड रूपैयाँ गुमाउने भएका हुन्।
आइपिएलबाट १९.२० करोड र क्रिकेट अष्ट्रेलियाबाट म्याच फीसहित वार्षिक स्मिथले झन्डै १५ करोड रूपैयाँ र वार्नरले करिब १३ करोड रूपैयाँ गुमाउने भएका हुन्। यस्तै विभिन्न व्यक्तिगत प्रायोजनसमेत उनीहरूले गुमाउने भएका छन्।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल बिगारेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको थियो।
विवादमा फसेका उनीहरूलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले स्टीभ स्मिथ र डेविड वार्नरलाई दक्षिण अफ्रीकाविरूद्ध जारी चौथो टेस्टमा कप्तान र उपकप्तानबाट हटाएको थियो।
आइसिसीले स्मिथलाई म्याच फिको सतप्रतिशत र एक खेल प्रतिबन्ध लगाएको थियो।