प्रधान मन्त्री केपी शर्मा ओलीले विश्वकप छनोट प्रतियोगिता खेल्न छानिएको नेपाली क्रिकेट टोलीका हरेक सदस्यलाई सरकारले दिने भनेको ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो ६७औं जन्मदिनकै दिन नेपाली टोलीलाई सरकारका तर्फबाट तीन लाखको चेक र मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट एक लाख रुपैयाँ नगद हस्तान्तरण गरे।
विश्वकप क्रिकेट लिग डिभिजन दुईको शीर्ष दुईभित्र रहन सफल नेपाली क्रिकेट टोलीका १४ खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। यस्तै मदन भण्डारी स्पोर्ट एकेडेमीले जनही १-१ लाख दिने घोषणा गरेको थियो।