सन् २०१० विश्व कप फुटबलको फाइनल भएको दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित देशकै ठूलो रंगशालामा भागदौड मच्चिदा २ जना दर्शकको मृत्य भएको छ। १७ जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अफ्रिकाको फुटबल लिगको नयाँ सिजनभन्दा अगाडि सोवेटो डर्बीअन्तर्गत केइजर चिफ्स र ओर्लान्डो पिरेट्स जोहानेसवर्गमा भिडेका थिए। खेल केइजरले १–० ले जितेको थियो।
८७ हजार दर्शक क्षमताको एफएनबी रंगशालामा दुर्घटना भएपछि चारैतर्फको गेट खुला गरिएको सुरक्षामा खटिएका मिचेल सनले जानकारी दिए। १७ जना घाइतेमा एक जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए।
घटना भएको रंगशालामा १९९० ताका नेल्सन मण्डेलाले जेलमुक्त भएपछि पहिलो भाषण दिएका थिए। सन् २०१० को विश्व कपका लागि यो रंगशालाको पूर्ननिमार्ण गरिएको थियो। सन् २००१ मा यी दुई क्लबबीच जोहानेसवर्गकै इलिस पार्क रंगशालामा फुटबल हुँदा ४९३ जनाको भागदौडका क्रममा निधन भएको थियो। १० वर्ष अगाडि पनि यी दुई क्लब ओर्कने शहरस्थित ओपेनहेमर रंगशालामा खेल्न उत्रिँदा ४२ जनाको निधन भएको थियो।