एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ। आर्मीले महिला र पुरुष दुवै समूहमा स्वर्ण जितेको हो।
पुरुषअन्तर्गत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दूरी ३ मिनेट १८।३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेको हो।
सो इभेण्टमा एपिएफले रजत पदक जितेको छ। एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टोलीले निर्धारित दुरी ३ मिनेट, २५.८२ सेकेण्डमा पार गरेको थियो।
यसैगरी पुलिसको टोलीले कास्य पदक जितेको छ। पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको समूहले निर्धारित दुरी ३ मिनेट २९.३५ सेकेण्डमा पूरा गर्दै कास्य जितेको हो।
महिलातर्फको सोही इभेण्टमा आर्मीले स्वर्ण जितेको छ। आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुलेसी चौधरीको समूहले निर्धारित दुरी ४ मिनेट २.७८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेको हो।
यसैगरी ४ मिनेट १४.८० सेकेण्डमा निर्धारित दुरी पार गर्दै लुम्बिनी प्रदेशले रजत पदक जितेको छ। लुम्बिनीका निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको समुहले निर्धारित दुरी ४ मिनेट १४.८० सेकेण्डमा पार गर्दै रजत पदक जितेको हो।
कास्यमा चित्त बुझाएको बागमती प्रदेशले भने निर्धारित दुरी ४ मिनेट २२.७९ सेकेण्डमा पूरा गरेको थियो। बागमतीका अञ्जु खड्का, रजीना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको समूहले कास्य जितेको हो।