गण्डकी प्रदेशमा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको समापन गर्नेछन्।
नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।
हालसम्म विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १५० स्वर्णसहित ३१४ पदक जितेर शीर्ष स्थानमा छ। आर्मीले ९४ रजत र ७० कास्य पदक जितेको छ।
यस्तै अर्को विभागी टोली नेपाल पुलिस क्लब ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित कुल १५८ पदकसहित दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित १७६ पदक जितेको छ।
घरेलु टोली गण्डकी प्रदेश चौथो स्थानमा उक्लिएको छ। उसले २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित कुल १०६ पदक जितेको छ।
बागमती प्रदेश २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित कुल १२३ पदकसहित पाँचौ स्थानमा छ।
छैठौं स्थानमा रहेको एनआरएनले १० स्वर्ण ८ रजत र ६ कास्यसहित २४ पदक जितेको छ।
कुल ७५ पदक जितेको प्रदेश नम्बर १ ले ९ स्वर्ण २२ रजत र ४४ कास्य जितेको छ।
यस्तै मधेश प्रदेशले ५ स्वर्ण जित्दा लुम्बिनीले ४ तथा कर्णालीले २ स्वर्ण जितेका छन्।
हालसम्मको पदक तालिका यस्तो छ-