नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ। एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्रले सेनालाई ३-१ सेटले पराजित गरेको हो।
खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए।
विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो। शसस्त्रका विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन।
तीन टिम रहेको समूह ‘ए’बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटर फाइनल प्रवेश गरेका छन्।
क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सी’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन्। यसैगरी समूह ‘सि’ को विजेता नेपाल पुलिस क्लव समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ।